अर्थ

१४ सय ९९ निसान म्याग्नाइट बिक्री

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एक वर्षभित्र १४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा गएको जनाएको छ।

नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट २२ सय २६ वटा बुकिङ भइसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। एक वर्षको वार्षिकोत्सव पायोनियर मोटो कर्पका लागि कोसेढुंगा सावित भएको कम्पनीको दाबी छ।

एक वर्षको छोटो समयावधिमै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ। यसका साथै निसान म्याग्नाइटले ‘कम्प्याक्ट एसयुभी अफ द इयर’, टप गियर अवार्ड्स २०२१, ‘ड भ्यालु फर मनी कार अफ द इयर’का अटोकार अवार्ड्स ‘अटोमोबाइल ग्याजेट अफ द इयर,’ र कार एन्ड बाइक्स २०२१ को अवार्ड समेत हासिल गरेको छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०२:२१ आइतबार

आधिकारिक विक्रेता पायोनियर मोटोकर्प अफ द इयर