अर्थ

हिमालयन बैंकको ७३ औं शाखा टीकापुरमा

हिमालयन बैंकले कैलालीको टीकापुर शाखाबाट कारोबार सुरु गरेको छ। बैंकले आफ्नो ७३औं शाखा उद्घाटन गरी सो शाखाबाट कारोबार सुरु गरेको हो।

बैंकको कैलालीमा यो चौथो शाखा हो। बैंकले यसअघि कैलालीकै धनगढी, अत्तरिया र  लम्कीमा शाखा सञ्चालन गरेर कारोबार गर्दै आएको प्रबन्धक देव अग्रवालले बताए। योसँगै सुदूर पश्चिम प्रदेशमा बैंकका सात शाखा भएका छन्।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले विज्ञप्ति जारी गर्दै हिमालयन बैंक निक्षेप तथा कर्जामा अन्य बैंकको तुलनामा अग्र स्थानमा र हेको दाबी गरेका छन्।

उनले सो शाखामार्फत एटिएम सेवा र  टेलिबैंकिङका साथै प्रिमियम सेभिङ खाता, एचबिएल प्रोपाइटरी कार्ड,बनौं लखपति योजना सञ्चालन गरिने बताए। बैंकले देशभरका विभिन्न ७३ शाखा, ५ विस्तारित काउन्टर र  १४६ वटा एटिएम स्टेसनमार्फत सेवा दिइरहेको छ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रमबहादुर भण्डारीले हिमालयन बैंकको उपस्थिति सकारात्मक भएको भन्दै टीकापुरमा आर्थिक कारोबारमा वृद्धि हुने बताए।

प्रकाशित: १६ मंसिर २०७८ ०३:३६ बिहीबार

आर्थिक कारोबार प्रिमियम सेभिङ खाता हिमालयन बैंक निक्षेप तथा कर्जा