अर्थ

इभी नेपाल मोटर्सको सोरुम उद्घाटन

इभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ। उक्त सोरुममा जर्मन प्रविधिमा आधारित विभिन्न मोडेल र रंगका इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध छन्। 

सोरुम उद्घाटनको अवसरमा ग्राहकलाई पाँचदेखि १० हजार रूपैयाँसम्मको छुट रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, नबिल बैंकसँग कारोबार गर्दा शून्य प्रतिशत इएमआई ११ हजार एक सय ११ रूपैयाँ, छाता, बज्र मास्क, निःशुल्क हेलमेट, निःशुल्क सर्भिस र कुपनको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७८ ०५:३२ सोमबार

इभी नेपाल