अर्थ

धनगढीको एक फर्निचरमा लागेको आगो नियन्त्रणमा, करोडभन्दा बढीको क्षति भएको अनुमान

धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्।  

मध्याह्न १२ बजेतिर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा एउटा स्काभेटरका सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि नियन्त्रणमा  लिएका थिए। आगलागीबाट करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्।  

सञ्चालकका अनुसार उद्योगमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।  

आगलागीबाट भएको क्षतिको विवरण र कारण खुल्न भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

प्रकाशित: २२ फाल्गुन २०७७ १०:१८ शनिबार

आगलागी