अर्थ

कपिलवस्तुमा साढे ६ हजार बढी उद्योग

जिल्लामा गत आर्थिक वर्ष ०७६/७७ सम्म ६ हजार ६ सय ७३ उद्योग दर्ता भएका छन्। केही वर्षयता मुलुकमा सहज वातवारण बनेपछि उद्योगधन्दा खुल्ने क्रम बढेको हो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अनुसार सना उद्योग ६ हजार ४ सय २५, घरेलु उद्योग ३३ तथा लघु उद्योग २ सय १५ दर्ता भएका हुन्।  

यस्तै, प्राइभेट फर्म ६ हजार ३ सय ७०, साझेदारी फर्म २ सय २७ र प्रालि ७६ रहेका छन्। गत आव ०७६÷७७ मा कुल १ हजार ४७ उद्योग दर्ता भएका थिए। जसमा साना उद्योग १ हजार ३९ र लघु उद्योग ८ दर्ता भएका थिए। उता जिल्लामा गत आवसम्म कुल १० हजार १ सय ९४ वाणिज्य फर्म दर्ता भएका छन्। गत आव ०७६÷७७ मा कुल १ हजार २ सय २५ वाणिज्य फर्म दर्ता भएका थिए। वाणिज्य फर्ममा कुल ८ अर्ब २ करोड बढी पुँजी लगानी र २५ हजार बढीलाई रोजगारी सिर्जना भएको छ।  

एक दशकयता जिल्लामा उद्योगधन्दा खुल्नेक्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रम्ख राजक केसीले बताए। सशस्त्र माओवादी द्वन्द्वपछि शान्ति स्थापना भएयता उद्योगधन्दा खुल्ने क्रम बढेको उनले बताए। ‘उद्योगधन्दा खुलेपछि रोजगारीसमेत बढेको छ,’ उनले भने। कोरोना संक्रमणका कारण गत चैतयता भने उद्योगधन्दा पनि मारमा परको उनले बताए। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले उद्योगधन्दा र व्यापारको संख्या बढनु सकारात्मक रहेको बताए। उनले साना र उद्योग र व्यापारलाई सरकारले प्रवद्र्धन गर्न नसक्दा खोलिएका उद्योगधन्दा पनि चाडै बन्द हुने गरेको बताए।  

यस्तै घरेलु तथा साना उद्योग कार्यालयमा गत आवमा १ करोड ७८ लाख ४५ हजार ३ सय राजस्व संकलन भएको छ। उद्योग र व्यापारको दर्ता र नवीकरणवापत उक्त राजस्व संकलन भएको हो। उद्योगतर्फ ८९ लाख ७९ हजार ६ सय ५० तथा वाणिज्यतर्फ ८८ लाख ८५ हजार ६ सय ५० रूपैयाँ संकलन भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजक केसीले बताए। 

प्रकाशित: ९ आश्विन २०७७ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App