अर्थ

बजाजको चाडपर्व अफर ‘रोजेरै खुसी’

चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारासहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ।

बजाजले दसैं र तिहार चाडपर्वको अवसरमा ग्राहकलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुसीका साथ उत्सवहरू मनाउने अवसर प्रदान गरेको जनाएको छ। कम्पनीले कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा १० हजारको नगद छुट, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधामध्ये कुनै एक अफर छनोट गरी लाभ लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: ५ आश्विन २०७७ ०२:५६ सोमबार

चाडपर्व अफर बजाज