काठमाडौं – सिभिल बैंकले संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१०.२५ कित्ता हकप्रद सेयर लिलाममार्फत बिक्री गर्न सिलबन्दी बोलपत्र माग गरेकामा कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ।
कुल ३२ लाख २५ हजार ६ सय २० कित्ता सेयरको लागी आवेदन परेकोमा अधिकतम बोली एक सय ५० र न्यूनतम बोली एक सय रुपैयाँ परेको छ। यससंगै बैंकको चुक्ता पुँजी सात अर्ब २५ करोड ९३ लाख १० हजार तीन सय ६२ पुग्ने बैंकले जनाएको छ।
यसैबीच, सिभिलले २५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको जनाएको छ।
प्रकाशित: १३ जेष्ठ २०७५ ०६:१५ आइतबार