अर्थ

लक्ष्यभन्दा २ खर्ब कम राजस्व संकलन

सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । 

चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले २८.०५ प्रतिशत अर्थात तीन खर्ब ९८ अर्ब १३ करोड २५ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । सरकारले चालु आव २०८१/८१को बजेटमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्य अनुसार मासिक सरदर १ खर्ब १८ अर्बका दरले ५ खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ संकलन हुनुपर्नेमा ३ खर्ब ९८ अर्ब १३ करोड २५ लाख रुपैयाँ मात्र संकलन भएको छ । यसरी हेर्दा लक्ष्य भन्दा करिब दुई खर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ ।

महालेखापरीक्षक कार्यालयका अनुसार कर राजस्व ३ खर्ब ६१ ऋर्ब १३ करोड रुपैयाँ संकलन भएको छ भने गैर कर राजस्व ३७ अर्ब रुपैयाँ संकलन भएको छ ।

सरकारले पाँच महिनाको अवधिमा करिब ३० प्रतिशतमात्र खर्च गरेको छ । चालु आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ रहेकोमा मंसिर २९ गतेसम्म ५ खर्ब ५६ अर्ब ११ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । त्यसमध्ये पुँजीगत खर्चको अवस्था नाजुक रहेको छ ।

यो अवधिमा सरकारले ११‍.५८ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । चालु आवका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन भएकोमा ४० अर्ब ८० करोड रुपैयाँ मात्र खर्च भएको छ । 

चालुतर्फ भने ३१.८७ प्रतिशत खर्च भएको छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाा विनियोजन गरेकोमा अहिलेसम्म ३ खर्ब ६३ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।

प्रकाशित: ३० मंसिर २०८१ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App