अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि १० घण्टा उडान र अवतरण रोकेर मर्मत गर्न लागिएको हो। 

विमानस्थल स्रोतका अनुसार झण्डै ५ महिना विमानस्थल १४ घण्टा मात्रै सञ्चालन हुनेछ। आजदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन्। यअसघि विमानस्थल बिहान ६ बजेदेखि  राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर बन्द गरिएको बताए।

आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । स्तरोन्नतीका लागि १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।  

आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन्।काठमाडौ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन्।

प्रकाशित: २३ कार्तिक २०८१ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App