अर्थ

तिहारपछि नेप्सेमा लगातार गिरावट

तिहारविदा पछि लगातार तेस्रो कारोबार बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ।  

पछिल्लो दुई कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक १.८८ अंक घटेर २६७५.५१ विन्दुमा झरेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ।

नेप्से घटेपनि आज  कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा आज ३२० स्टकको ५५ हजार २३८ पटकको कारोबारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।  

कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा आज नकरात्मक  सर्किट लेभलमा कारोबार भएको छ।आज यस कम्पनीको शेयरमूल्य ९.५५ प्रतिशत घटेको छ। त्यसैगरी आजनेपाल फाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत घटेको छ।

साताको अन्तिम कारोबार दिन बधुबार  १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।भोलि बिहिबार छठ पर्वका कारण सार्वजनिक विदा भएका कारण शेयर कारोबार हुनेछैन । 

प्रकाशित: २१ कार्तिक २०८१ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App