अर्थ

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज ८ सय रुपैयाँले वृद्धि भएको हो। योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

यस्तै चाँदीको मूल्य आज बढेको छ। मङ्गलबार तोलामा २ हजार १ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर २ हजार १ सय ३५ रुपैयाँ कायम भएको छ।  

प्रकाशित: ७ कार्तिक २०८१ १०:५४ बुधबार

#gold price in Nepal