अर्थ

नेप्से २५७६ अंकमा झर्‍यो,कारोबार ५ अर्बमा सीमित

साताको चौथो कारोबारको दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। बुधवार ४ अङ्कले घटेर नेप्से परिसूचक आज २५७६.७६ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ इण्डेक्स ०.१९ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३७ अंक बढेको छ।

कारोबार पनि ५, अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँमा सीमित भएको छ । बुधबार १ करोड ३९ लाख ५२ हजार कित्ता शेयर ८० हजार ३७८ पटकको कारोबार भएको थियो । 

बुधवार  ३२० कम्पनीको कारोबार हुँदा ७४ कम्पनीले कमाएका छन् भने  १६३  कम्पनीले गुमाएका छन् । त्यसै गरी ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन । 

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बुधवार  बैंकिङ्ग उपसमूहको परिसूचक ०.७६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। 

यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने अरु उपसमूहको परिसूचकहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित: २ आश्विन २०८१ १५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App