अर्थ

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ।  

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो। जुन मूल्य हालसम्मकै उच्च हो।

आज चाँदीको मूल्य  भने बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

प्रकाशित: २७ भाद्र २०८१ १०:३६ बिहीबार

#gold and silver