अर्थ

मन्त्री पाण्डेद्वारा विभागीय प्रमुखहरुसँग छलफल ,कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्नु

फाइल तस्बिर

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् ।

बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ रु प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए। 

उनले भने, मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु।मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरि काम गर्न समेत विभागीय प्रमुखहरूलाई  निर्देशन दिएका छन् ।  उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दवाव,प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे।  

उनले मन्त्री,सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै ईमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिए । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्व विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन ।  

प्रकाशित: १२ भाद्र २०८१ १६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App