अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट

कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। 

सेयर कारोबार मापक नेप्से परिसूचक १०.४४ अंकले घटेको हो। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूह घटेकाले नेप्सेमा उच्च गिरावट आएको हो । 

बिहीबार शून्य दशमलव ५० प्रतिशतले घटेको नेप्से अंक २०६८.३१ विन्दुमा झरेको छ। नेप्सेमा बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भएको स्कट एक्सचेन्चले जनाएको छ। 

बिहीबार १८६ कम्पनीको मूल्य घट्यो भने ५२ कम्पनीको सेयर मूल्य बढ्यो। ८ वटा कम्पनीको मूल्य स्थिर रहेको थियो। फाइनान्स उपसमूह ४२.०२ अंकले बढे पनि अन्य सबै उपसमूह घटेको छ । सबैभन्दा बढी विकास बैंक उपसमूह ३४.६१ अंकले घटेको छ । 

कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७.७१ प्रतिशतले बढेको छ। कारोबार र रकमका आधारमा सबैभन्दा अघि माउन्टेन नेपाल इनर्जीको १७ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको २ लाख ८१ हजार १६८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ६ असार २०८१ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App