अर्थ

आइपिओ जारी गर्दै ड्रिम इन्टरनेसनल

ड्रिम इन्टरनेसनल होटलद्वारा साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

होटेलद्वारा आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेसनलका तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेसनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाइएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए।

प्रकाशित: ९ वैशाख २०८१ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App