अर्थ

मनकामना दर्शन प्रालिलाई महासंघको सम्मान

मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७८/७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मान गरिएको छ।

यस क्रममा आयोजित एक कार्यक्रममा नेपाल उघोग वाणिज्य महासंघले कम्पनीलाई सम्मान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले कम्पनीको सेल्स तथा मार्केटिङ डायरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका छन्।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको थियो। यस कम्पनीले २०५५ सालदेखि चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र चितवनको इच्छाकामना एवम् गोरखाको शहीद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान पुर्‍याइरहेको जनाएका छन्।

प्रकाशित: ३० चैत्र २०८० ०७:५१ शुक्रबार

मनकामना दर्शन प्रालि नेपाल उघोग वाणिज्य महासंघ