अर्थ

आर्थिक मन्दीको कारण सहकारी क्षेत्रमा असर

सहकारी ऐन र नियममा सहकारी क्षेत्रको प्रवर्धन विकास तथा विस्तारमा बाधक र संकुचित दफाहरू संशोधन नहुँदा सहकारी क्षेत्रमा समस्या परेको सहकारीकर्मीले औंल्याएका छन्।

उनीहरूले सहकारी संस्थामा वित्तीय कारोबारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी अभाव र बैंक वित्तीय संस्था र सहकारी संस्थाबीच अस्वस्थ प्रतिस्पर्धाको कारण समस्या बढेको बताएका छन्।

देशभरका बहुउद्देश्यीय सहकारी संस्थाहरूको साझा संगठन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नवौं, दशौं र एघारौं साधारणसभामा उपस्थित सहकारीकर्मीले देशको आर्थिक मेरुदण्डको रूपमा रहेको सहकारीमा देखिएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताएका हुन्।

साधारणसभाको उद्घाटन गर्दै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले समस्या आउनुको मुख्य जड सरकारको वेवास्ता भएको बताए। उनले कोभिड–१९ महामारी र आर्थिक मन्दीको कारणले देशको अर्थतन्त्रमा आएको समस्याले गर्दा बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूमा गम्भीर असर परेको धारणा राखे।

प्रकाशित: २९ माघ २०८० ०८:३३ सोमबार

सहकारी ऐन र नियम सहकारी संस्थामा वित्तीय कारोबार