अर्थ

‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक

गरिमा विकास बैंकले ग्राहकका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सेवा सार्वजनिक गरेको छ।

यो बचत खातामा ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सिआस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ।

सो खाताअन्तर्गत ग्राहकले न्यूनतम हजार रूपैयाँमा खाता खोली निःशुल्क सेवाअन्तर्गत मोबाइल बंैकिङ, वेव बैंकिङ, एटिएम, सिआस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट, सेयर ट्रेडिङ र मेरो सेयर खाता साथै लकर सुविधामा ५० प्रतिशतसम्म छुट सुविधासमेत रहेको बैंकले जनाएको छ।

साथै यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाता खोल्न सक्ने बैंकले जनाएको छ।

यसैगरी, गरिमा विकास बैंकले गरिमा सरल एसएमई आवधिक र ओभर ड्राफ्ट कर्जा सार्वजनिक गरेको छ। बैंकले हरेक नेपालीहरूको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख रूपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभर ड्राफ्ट कर्जा सार्वजनिक गरेको हो।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभर ड्राफ्ट कर्जामा ०.७५ प्रतिशत र आवधिक कर्जामा १ प्रतिशत मात्र प्रिमियमका साथ नयाँ उद्यमीहरूलाई लक्षित गरी सो योजना सार्वजनिक गरेको बैंकले जनाएको छ।

प्रकाशित: ४ माघ २०८० ०२:०६ बिहीबार

मेरो सेयर गरिमा विकास बैंक डिम्याट खाता सेयर ट्रेडिङ खाता गरिमा फाइभ इन वान बचत खाता सेवा सिआस्वा सेवा