अर्थ

आइएमईले आइपीओ निष्कासन गर्ने

रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। आइएमईले १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ। आइपीओ जारी गर्न आइएमईले निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आइएमई लिमिटेडको कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। 

प्रकाशित: १३ वैशाख २०८० ०३:०४ बुधबार