अर्थ

इटहरी उप-महानगरद्वारा खर्च कटौती गर्न सकुर्लर

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेसँगै इटहरी उपमहानगरपालिकाले पनि त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

इटहरी उपमहानगरले चालु आर्थिक वर्षमा स्वीकृत बजेट अन्तर्गतका तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण, अध्ययन अवलोकन भ्रमणजस्ता कार्यक्रम बन्द गर्ने भएको हो।

इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले इटहरीका २० वटै वडा कार्यालय, उपमहानगरपालिकाका शाखा र महाशाखालाई पत्राचार गरी कार्यक्रम रोक्न सकुर्लर गरेका हुन्।

अर्थ मन्त्रालयले भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेशिनरी तथा औजार, फर्निचरलगायत खर्च शीर्षकमा तत्काल लागु हुने गरी २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। सोही अनुसार मेयर पौडेलले उपमहानगरबाट हुन बाँकी रहेका कार्यक्रमको बजेट रोक्न सकुर्लर गरेका हुन्।

मेयर पौडेलले फजुल खर्चसँगै यस अघि नै कर्मचारीहरुलाई दिँदै आएको मासिक पाँच हजार खाजा खर्च, इन्धन खर्च कटौती गरी सकेको बताएका छन्।

प्रकाशित: ६ चैत्र २०७९ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App