अर्थ

१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो?’ भन्दै प्रश्न गरेका छन्।  

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन्।

उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको स्पष्ट पारे। उनले अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए। आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि उनले बताए।

उनले भने, ‘हामी लङ टर्म इन्भेष्टमेण्ट गरिरहेका छौँ। जग्गामा लगानी गरेका छौँ, होटल बनाएका छौँ। तर रेट फलो टिन इन्जोय गर्छौं भने पक्कै हामीलाई समस्या पर्छ। यो विषयमा हामीले ओरियन्टेशन गराउन नसकेको लिट्रेसी दिन नसकेको हुनसक्छ। यसमा हामी अहिले एग्रेसिप रुपमा त्यसमा लागिरहेका छौँ। २०४६ सालदेखि नेपाल राष्ट्र बैंकले इन्ट्रेसको सन्दर्भमा डिरेगुलाइज गरेको हो। हामीले मार्केटलाई छोडेको हो। अब यो विषयमा पनि बहस होस्। के मार्केटले यही चाहेको हो त? के निजी क्षेत्रले यही चाहेको हो? हामी ०४६ साल भन्दा अघि जान खोजिएको हो? यसमा पनि छलफल होस्। हामीले भ्वाइस लेसहरुको लागि स्मल होल्डरको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेका छौँ।’

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए। उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे। पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर वचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको उनले स्पष्ट पारे।

अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको उनको भनाइ छ। गभर्नर अधिकारीले नेपाल अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताए।  

प्रकाशित: २६ फाल्गुन २०७९ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App