अर्थ

एनआईसी एसिया लघुवित्तद्वारा तालिम सञ्चालन

एनआईसी एसिया लघुवित्तले प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। प्रदेश अन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीहरूका लागि संस्थाले सो तालिम आयोजना गरेको हो। 

प्रदेश कार्यालयले चरणबद्ध रूपमा जितपुर, लालबन्दी, बर्दिबास, चोहर्वा, तथा रूपनीलगायतका स्थानहरूमा उत्त तालिम सञ्चालन गरेको थियो। कर्मचारीहरूलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदाय स्तरमा प्रदान गर्दै आइरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरू, संस्थाको नीति बमोजिम कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहलगायतका विषयहरूमा तालिम सञ्चालन गरिएको संस्थाका मधेश प्रदेश प्रमुख विजय यादवले बताएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७९ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App