अर्थ

‘ह्याकिङ फर ह्युम्यानिटी’ आयोजना हुँदै

सिक्वेल फाउन्डेसनले एनसेल आजियाटासँगको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ महिला ह्याकाथन कार्यक्रम आयोजना गर्ने भएको छ।

देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै कम्पनीले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

विविधता, समानता र समावेशीकरणप्रति आफ्नो प्रतिवद्धता अनुरूप एनसेलले सिक्वेल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको जनाएको छ। यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको उल्लेख गर्दै कार्यक्रमको अन्य साझेदारहरूमा ‘गल्र्स इन टेक‘ र ‘वुमन इन बिग’ डेटा रहेको जनाएको छ।

 कार्यक्रमले महिलालाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनासँग उनीहरूलाई जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ। ह्याकाथन यही माघ २७ देखि माघ २९ गतेसम्म आयोजना गरिने कम्पनीले जनाएको छ। 

प्रकाशित: १२ माघ २०७९ ०२:०५ बिहीबार