अर्थ

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारणसभा

नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वार्षिक साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ।

सभामा पेस भएका प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गरिएको छ। नयाँ कार्य समितिले निर्वाचनको प्रक्रियाबाट सनराइज क्यापिटलका विजयलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको छ।

यस्तै उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआइसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी लगायत रहेका छन्।

प्रकाशित: २३ मंसिर २०७९ ०३:०३ शुक्रबार

नेपाल मर्चेन्ट बैंक