कला

ढुंगा

कविता

तारा पराजुली

उता गाउँतिर

पत्थरै पत्थरको पहाड थियो

पत्थरपत्थर जस्तै थियो

ढुंगा ढुंगा जस्तै थियो

र पो मान्छे मान्छे जस्तै थिए

शहर जहाँ एउटा पत्थर भेटिन्न

भेटिन्छन् त खालि ढुंगा जस्ता मान्छे।

वस्ती छोडेर

ढुंगाहरू एकाएक अलप भएका हुन्

मान्छे आफैं ढुंगा बनेपछि।

प्रकाशित: ९ भाद्र २०७९ ०६:२९ बिहीबार

अक्षर