कला

डा. चालिसेको ‘लघुकथालय’ को लोकार्पण

जुम एपमार्फत भर्चुअलबाट डा.विदुर चालिसेको ‘लघुकथालय’ लोकार्पण भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रमको प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले एक कार्यक्रम बीच सो पुस्तकको लोकार्पण गरेका हुन्।

प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लघुकथाको सिद्धान्त र सिर्जनाको एक नयाँ प्रयोगात्मक मानकको रूपमा पुस्तक आएको बताए।

समालोचक प्राडा कुमार कोइराला, लोक साहित्यका खोजकर्ता प्राडा रिन्कू बडेरा(भारत), वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र साहित्यकार एवं चिन्तक प्रा. कपिल अज्ञातले सो कृतिको अनेक कोणबाट समीक्षा गरेका थिए।

उक्त कार्यक्रममा साहित्यकार प्राडा कपिल लामिछाने, साहित्यकार एवं पत्रकार विजय चालिसे, साहित्यकार डा. दीनबन्धु शर्मा, साहित्यकार डा. शंकरप्रसाद गैरे, साहित्यकार प्रा. पुष्कर लोहनी र नियात्राकार कृष्ण बजगाईंको विशिष्ट आतिथ्य रहेको थियो।

यसै गरी अन्य अतिथिहरूमा साहित्यकारहरू -शेखर अर्याल, वसन्त अनुभव, यमुना प्रधानाग ’मुना’, कमल पौडेल, म्यामराज राई, गणेश नेपाली र पत्रकारहरू -कृष्ण ढुंगेल, तुलमान गुरुङ, अनिल आचार्य, अनिष पाठक, दिपक बोहरा, चन्दा थापाको उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यकार रुञ्जुश्री पराजुलीले धन्यवाद ज्ञापन गरेकी थिइन्।

नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतीक्षा पौडेलले गरेकी थिइन्।

प्रकाशित: १६ श्रावण २०७९ ०४:३९ सोमबार

अक्षर