कला

उदाङ्ग

लघुकथा

गीता शर्मा चापागाई

हिजो राति मुखिया बा घर आएनन्।

‘काम विशेषले हो कि? उतै बास भयो। न भनेर गाका हुन्, अहिलेसम्म अत्तोपत्तो भएन। कहाँ गए होलान्? न बेलामा खाना खानु छ न केही यसो कामको सहयोग छ।’ भनेर मुखिनी एक्लै  गनगनाउँदै थिइन्। मुखिया टुप्लुक्क घर आए र केही नबोली घरभित्र छिरे।

केही बेरपछि कराए, ‘के भो? किन फत्फताएकी यो आइमाई?’

मुखिनी पनि झम्टिइन्,‘हिजोदेखि निस्केका मान्छेको केही अत्तोपत्तो छैन। कहाँ हो गएको?’

मुखिया कड्किए, ‘आसमी उठाउन गएको थिएँ नि। बसीबसी दुध र भात खान त्यसै पुगेको छ नि। गामबेसी गर्दा रात पर्‍यो, उतै बास बसें। खोई भान्छा छिट्टै बना बरू। बेसरी भोक लागेको छ।’

उत्ति नै बेला  डिले दर्जी टुप्लुक्क ढोकामा आयो।

मुखिनी आमै अमिलो मुख लगाउँदै कड्किइन्, ‘विष्टका ढोकामा छोइन्छ भन्ने थाहा छैन, स्वाँठ!’

डराउँदै उसले मसिनो स्वरमा भन्यो, ‘होइन मुखिनी आमै,  हिजो बेलुका मुखिया बाले हाम्रो होटलमा खाजा खाँदा यो झोला छोड्नु भएकाले छोड्न आएको हुँ।’

प्रकाशित: १३ जेष्ठ २०७९ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App