कला

'फर्गेट एस्टर्डे'को लोकार्पण

साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानले  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरेको समारोहमा कवि मीना श्रेष्ठको दोस्रो कविताकृति ‘फर्गेट एस्टर्डे’को लोकार्पण गरिएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका अर्का अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणा थिए।

लोकार्पित कृति ‘फर्गेट एस्टर्डे’ माथि वरिष्ठ साहित्यकार अशेष मल्ल र साहित्यकार बबिता बस्नेतले समीक्षात्मक मन्तव्य राखेका थिए। सोही कार्यक्रममा लेखक शान्ता चौधरीले मन्तव्यसहित लोकार्पित कृतिभित्रको ‘म शान्ता चौधरी’ कविता वाचेकी थिइन्।

यस्तै कार्यक्रममा कवि एवं पत्रकार ठाकुर बेलवासे र कवि सुमित्रा सुमीले उक्त कृतिका एकएक ओटा कविता वाचेका थिए।  

प्रकाशित: १० जेष्ठ २०७९ ०८:०३ मंगलबार

अक्षर