कला

स्मृतिका जरा खोज्दै सापकोटा

पत्रकार सनत सापकोटाले आफ्नो पहिलो कृति ‘जरा’ सार्वजनिक गरेका छन्। ‘जरा’ सापकोटाले लेखेको संस्मरणात्मक कथाहरूको संग्रह हो। बाल्यकालीन स्मृति कथाहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन्।

विधागत रूपमा सापकोटाले यस संग्रहलाई ‘कथास्मरण’को संज्ञा दिएका छन्। विशेषगरी संस्मरणात्मक आलेखहरूलाई निबन्ध विधाअन्तर्गत राखिने प्रचलन भए पनि उनले आफ्ना रचनालाई कथास्मरण भनेका छन्।’ १७ थान छुट्टाछुट्टै रचनालाई संग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कृति छापेको छ। प्रायः सबैको बाल्यकालसँग मेल खाने उनका ‘कथास्मरण’ले पाठकलाई पनि आआफ्ना बाल्यकालीन स्मृतिहरूसम्म पुर्‍याउँछन्।

प्रकाशित: २६ वैशाख २०७९ ०४:३० सोमबार

अक्षर