हास्य कलाकार सन्दीप क्षेत्री रेणु दाहालको पक्षमा खुलेरै बोलेका छन्। चितवनको भरतपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्रीले भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेणु दाहालको पक्षमा खुलेका हुन्।
उनले रेणुलाई ‘दिदी’ भनेर सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोरीको चिन्ता नगरेर ढुक्क हुन आग्रह गरेका छन्। उनले भने, ‘अब तपाई यो पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने स्वाभाविक छ तर छोरीका हिसाबले चिन्ता नगर्नुस्। तपाईले गज्जबको छोरी पाउनुभएको छ।’
आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता समेत नलिएको बताएका सन्दीपले यसपटक भने भरतपुरमा रेणुको जितको कामना खुलेरै गरे।
प्रकाशित: २२ वैशाख २०७९ ११:५३ बिहीबार