कला

घरदैलो

लघुकथा

विनोद नेपाल

पाँच वर्षपछि फेरि चुनाव आयो। घोषणापत्रहरू जारी भए। उम्मेदवारी दर्ता भयो। चुनाव चिन्ह लिएर उम्मेदवारहरू समर्थकसहित आश्वासन बाँड्न र भोट माग्न ‘घरदैलो अभियान’ भन्दै टोलटोलमा पुग्न थाले।

एउटा यस्तै टोली उनीहरूको टोलमा पनि पुग्यो जसमा उम्मेदवार पुरानै थिए जो दोहोरिएर चुनिन चाहन्थे।

‘उही पुरानै नारा,उनै अल्मल्याउने कुरा र उम्मेदवार पनि उनै। अघिल्लो पटक दिएकै हो। काम केही भएन। यसपालि त गतिलो उम्मेदवार हेरेर दिन्छौं। हामीसँग भोट माग्ने दुख नगरे हुन्छ,जानुस्। समय खेर नफाल्नुस्।’ टोलवासीले एकैस्वरमा भने।

उताबाट कसैले भन्यो, ‘त्यसैले त यसपालि अर्कै पाटीबाट उठ्नुभा’छ नि उहाँ।’

प्रकाशित: २१ वैशाख २०७९ ०१:५३ बुधबार

अक्षर