कला

पल शाह प्रकरणः नाबालिकाले फेरिन् बयान

बलात्कारको आरोप लागेका अभिनेता पल शाहबारे आरोप लगाएकी नाबालिकाले बयान फेरेकी छिन्। आइतबार जिल्ला अदालत, तनहुँमा बकपत्र गर्ने क्रममा पीडित भनिएकी नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन्।

पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु अरु कसैको उक्साहटमा लेखिएको जिकिर अदालत स्रोतले जनाएको छ।

उनका बुबाले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए। शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन्।

प्रकाशित: ४ वैशाख २०७९ १३:४७ आइतबार