कला

ज्ञान

लघुकथा

प्रेम पुन मगर

‘समाजमा बाँच्न निकै गाह्रो छ। अचेल जसको घरमा पनि सुख–शान्ति नै हरायो, के भएको होला?’ भूमिकला दिदीले दुख प्रकट गरिन्।

‘होइन कसलाई के भयो?’ हरिकलाले प्रश्नमा प्रश्न तेर्साइन्।

‘हाम्रो पालामा त सासूले जे भने पनि आमा सम्झेर स्विकार्थ्यौं। हाम्रा चाहना र गुनासाहरू पनि सासूले छोरी सम्झेर स्विकार्नुहुन्थ्यो।गाउँमा जति पनि बुहारी भित्रिन्छन्। एक–दुई महिनामै सासू र बुहारीको खटपट सुरु हुन्छ। सासू र बुहारी मिलेर बसेको कुनै घर देखिंदैन। उनीहरू त जन्म–जन्मको दुश्मन जस्तो पो गर्छन्। यसै कुराले पिरोलेको छ। के भएको होला कुन्नि?’ भूमिकला दिदीले जिज्ञासा पोखिन्।

हरिकलाले भनिन्,‘सानो पारिवारिक विवाद बढाउने होइन, घटाउनुपर्छ। सासूलाई आमा सरह र बुहारीलाई छोरी सरह स्विकार्नुपर्छ। यही ज्ञान नहुनुले नै यस्तो भएको हो दिदी।’ 

प्रकाशित: १२ चैत्र २०७८ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App