कला

फक्रेपछि फूलको थुँगा बास्ना छोड्न थाल्छ

गीत

बोधराज पौडेल

बर्खे झरी आउँला भनी पर्खिरा’छ हिउँदो,

टारी खेतमा पानी जस्तै कस्ले भर्छ सिउँदो।

 

उजाड ती पाखाभरि फूल फुल्ने कैल्ये?

रातो सारी चुरापोते लाउने कैल्ये मैले।

मेरो हात माग्न आउने होला कोही जिउँदो,

टारी खेतमा पानी जस्तै कस्ले भर्छ सिउँदो।

 

फक्रेपछि फूलको थुँगा बास्ना छोड्न थाल्छ,

रस लिंदै मौरी पनि डालीडाली चाल्छ।

लोभी आँखा त्यै मौरीझैं उसको रूप पिउँदो,

टारी खेतमा पानी जस्तै कस्ले भर्छ सिउँदो।

प्रकाशित: २३ फाल्गुन २०७८ ०९:२३ सोमबार

अक्षर