कला

मतदाताहरूको मुटुमा लागेको चोटको खोजी गर्दैछौं

मुक्तक

छविलाल खड्का

 १)मुक्तक

यो पोल्टाभरि तिम्रै मायाको पोको छ,

विश्वास गर मैले दिने माया चोखो छ।

बिन्ती मेरो प्रस्तावलाई नाई न भन्नू ल,

तिमीलाई नै आफ्नो बनाउने धोको छ।

  २) मुक्तक

सत्ताका अन्धा दावेदारहरू सत्तारूपी खालमा डुबे,

मौकामा चौका हान्ने चाटुकाहरू मालामालमा डुबे।

कृषिप्रधान देशको हुतिहार सरकार टुलुटुलु हेर्छ,

विचरा किसान बेमौसमी पानीको आहालमा डुबे।

 ३) मुक्तक

आकाशका तारा झार्ने वाचा खेर गए,

शहर नजिकै डेरा सार्ने वाचा खेर गए।

डुबायौ रसातलमा उत्रियौ तिमी एक्ल,

जिन्दगीरूपी डुंगा तार्ने वाचा खेर गए।

  ४) मुक्तक

मतदाताहरूको मुटुमा लागेको चोटको खोजी गर्दैछौं,

जनताले चुनावमा दिएको भोटको खोजी गर्दैछौं।

खोलो तरे लौरो बिर्सिने महाशय अब हिसाब गरौंला,

तपाईंको घरमा पैसा फल्ने त्यो बोटको खोजी गर्दैछौं।                 

प्रकाशित: १२ फाल्गुन २०७८ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App