कला

श्रद्धा

लघुकथा

दिनेश निरौला

नियमले बाँध्नुपर्छ। नियममा बाँधिनुपर्छ। हो यो नै संस्कार हो। बाँध्न पनि सजिलो छैन। बाँधिन पनि सजिलो छैन तर सामाजिक र सभ्य समाजको कल्पनासँगै आउँछ नियमको डोरी।

पोल्ने,पिट्ने, चेप्ने र घोट्ने नगरे सुन गहना हुँदैन। म तालिममा थिएँ। तालिमको आफ्नै संस्कार र सिलसिला हुन्छ। म काँचो सुन थिएँ। अब गहना बन्नु थियो।

उठ्ने,बस्ने,घोप्टिने र दौड्नेबाहेक कहिलेकाहीं लाठी पनि  स्विकार्नुपर्थ्यो। प्रशिक्षकसँग रिस उठेको थियो।रिस उठेको मात्रै हैन, बाहिर कतै मौका मिले बदला लिने प्रतिशोधको भावना आएको थियो मनमा। तालिम सकिनलाग्दा प्रशिक्षकको अनुहार हेर्न समेत मन थिएन।

तालिम जसरीतसरी सकियो। कसैसँग नबोली कार्य क्षेत्रमा लागें। क्तमश दिनहरू बित्दै गयो। पाइलापाइलामा प्रशिक्षकहरूको याद आउन थाल्यो र श्रद्धा जागेर आयो। कुशलमंगल बुझ्न फोन गरें।

प्रकाशित: ११ फाल्गुन २०७८ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App