कला

देशै त्यागी हिंड्छ

गीत

दीप्स शाह

देशै त्यागी हिंड्छ अनि गाउँको खबर सोध्छ,

मुठीभित्र नुन लुकाई घाउको खबर सोध्छ।

अन्तिम पटक हेर्छु भन्दा घर नफिर्नेले,

घाटमा चिता जलेपछि बाउको खबर सोध्छ।

कति थरी नकाव ओढी हिंड्छ अचेल मान्छे,

जुत्ता खोसी लग्छ अनि पाउको खबर सोध्छ।

 

प्रकाशित: ७ फाल्गुन २०७८ ०४:१० शनिबार

अक्षर