कला

परदेशीको व्यथा

कविता

प्रतिमा तामाङ

 

वर्ष दिन भयो

बाहिर निस्केर  

पैदल नहिंडेको

आज अचानक हिंड्दा त

लरखरिंदो रहेछ

मान्छेले देख्दा नि मातेको जस्तो।

धेरै भयो नबसेको टुसुक्क

आज बसिहेरेको त लडिगए पुक्लुक्क।

भित्ता समाई उठ्न खोजेको

भित्तै भत्कियो।

सम्हालिए आफैं

फेरि झन्डै लडियो।

हिंड्न भनी दिएको खुट्टो हिंडनै पाइनँ।

बोल्न भनी दिएको मुख बोल्नै पाइन।

उकुसमुकुस भइसक्यो।

बोल्न नपाएर

मनमा भएका गाँठाहरू

खोल्न नपाएर  

बिमारी नै थुप्रिसक्यो।

कसलाई थाहा छ।

जसले भोगिरहेका छ्न  

उसैलाई थाहा छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App