कला

म र तिमी

कविता

सूर्यप्रसाद लाकोजू

आफ्नै मनको बगैंचामा

लालुपाते फुलाएर मैले

तिमीसँग मंसिर साटिरहेको छु

सुकाएर एक घान

सपनाको बिस्कुन

जीवनका गराहरूमा छरेर

खुशीका अन्न उमार्न आँटिरहे छु।

 

तिमी र म

म र तिमी

जब सँगै हुनेछौं

पग्लिएर मायाको हिउँ

बग्ने छ नदी बनी

अनि हामीले

अनन्त ऐश्वर्यको सागर भेट्ने छौं

जहाँ आत्मीयताका असंख्य मोतीहरू

हाम्रो स्वागतार्थ

उभिएका हुनेछन्

आफूलाई चम्काए

म जहिले पनि

मनको खुशी पस्केर बिहानबेलुका गाँस कुर्छु

आँखामा गुलाफ फुलाएर बाटोभरि छर्छु र

हेर्छु तिम्रो बाटो।

मन उड्छ

सिमलको भुवा जस्तै

जब मनको राजा तनमा आई बस्छ

प्रेमको कैलाशमा बसेर

ध्यान जब गर्छाैं।

प्रकाशित: ४ फाल्गुन २०७८ ०७:५७ बुधबार

अक्षर