कला

भत्किन दिन्न बाँचुञ्जेलसम्म प्रेमको मन्दिर

प्रेम गीत

सुरज उपाध्याय

म अर्कैको घरमा, तिमी अर्कैको घरमा,

म अर्कैको भरमा, तिमी अर्कैको भरमा।

छौं यौटै शहरमा, भेट्छौ यौटै बजारमा।

 

भेटिन्छौ हामी बिनायोजना बेलाबेलामा,

कहिले निम्तोमा, कहिले पूजामा, कहिले मेलामा।

आनन्द आउँछ, हुन्छु म खुसी, तिमीलाई देखेर,

बुझाउँछु मन, सम्झिन्छु ती दिन कविता लेखेर।

 

म अर्कैको घरमा, तिमी अर्कैको घरमा,

म अर्कैको भरमा, तिमी अर्कैको भरमा।

छौं यौटै शहरमा, भेट्छौ यौटै बजारमा।

 

देख्न पाऊँ खुसी यो जुनीभरि छ मेरो पुकार,

छन् छोराछोरी, खुसी नै देख्छु त्यो तिम्रो मुहार,

नभए पनि दायाँ र बायाँ छ मनमा तस्बिर।

भत्किन दिन्न बाँचुञ्जेलसम्म प्रेमको मन्दिर।

 

म अर्कैको घरमा, तिमी अर्कैको घरमा,

म अर्कैको भरमा, तिमी अर्कैको भरमा, 

छौं यौटै शहरमा, भेट्छौ यौटै बजारमा।

प्रकाशित: ४ फाल्गुन २०७८ ०७:३१ बुधबार

अक्षर