कला

प्रणय कविता वाचन

साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्त रूपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो।

दीप ज्योति इन (होटल) बत्तीसपुतली, काठमाडौंमा आयोजित कार्यक्रममा कालो /निलो कोट पोसाकमा रातो मफलर/सल लगाएर कविहरूले प्रेम विषयक कविता वाचन गरेका हुन्।

सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै प्रणय दिवसबारे उल्लेख गरेका थिए।

यस्तै सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले धन्यवाद ज्ञापन गर्दै गरेकी थिइन्।

कार्यक्रममा नरन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, ठाकुर बेलबासे, शिव अधिकारी, यादव भट्टराई, मुरारी सिग्देल, शशी थापा, क्रान्ति पराजुली, गान्दारी कैनी, इलु शर्मा, रुपा पौडेल, पारु तिमिल्सिना, नीशा रिमाल, मुना बोहरा, आरती राना, मनिला वन्त, त्रिलोचन प्रधान, मन्जिला अनिल, राधेश्याम लेकाली लगायतका कविले आआफ्ना कविता वाचन गरेका थिए।

प्रकाशित: ४ फाल्गुन २०७८ ०६:४९ बुधबार

अक्षर