कला

‘डियर एक्स’ सार्वजनिक

कथाकार कौशिक नवराजको कथा संग्रह ‘डियर एक्स’ सार्वजनिक भएको छ। लेखन कुञ्जमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण गरिएको हो।

कृति विमोचन कार्यक्रममा समालोचक–प्राध्यापक राम लोहनी, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, मदन पुरस्कारका लागि छनोट भएको पुस्तक फिलिंगोका स्रष्टा प्रभा बराल र कानुन व्यवसायी तथा लेखक जया ओझाले कृतिबारे बोलेका थिए।

प्रकाशकको तर्फबाट सौरभ सापकोटाले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रमको समापनमा कथाकार कोशिकले लेखकीय मन्तव्य राखेका थिए।

‘डियर एक्स’ युवापुस्तालाई लक्षित गरी लेखिएको कथा सँगालो हो। कथाहरूमा लेखकले युवापुस्ताको, त्यसमा पनि पुरूषहरूको समाजिक, यौन, प्रेम र विछोडका मनोविज्ञानलाई मिहीन रूपमा केलाउने प्रयास गरेका छन्। साथै कथाकारले निजामती क्षेत्रका समस्या, बेथिति तथा कर्मचारीहरूको मनोविज्ञानलाई समेत आफ्नो कथामा अटाएका छन्। कथा विशेषगरी प्रेम सम्बन्धमा रहेर एक्स हुन पुगेका जोडीहरूलाई फोकस गरी तयार गरिएको छ। संग्रहमा दश वटा कथा सङ्गृहीत छन्।

प्रकाशित: ४ फाल्गुन २०७८ ०५:३६ बुधबार

अक्षर