कला

मोहनी छ रे जाली आँखामा

गजल

विकल आर्त

 

के हेरेको विष पखाली आँखामा।

रहस्यमय मौन उचाली आँखामा।

 

त्यसै भन्छन् संगीसंगीनीहरू त,

मोहनी छ रे जाली आँखामा।

 

चित्रविचित्र राखेको छु सर्वत्र,

ख्याल गर्दै समाली आँखामा।

 

तिम्रा लागि मर्छु भन्दै खुर्सानीको,

धुलो नहान अताली आँखामा।

 

खुलेर भनन के भन्न मन छ,

भाव सबै उराली आँखामा।

   २) गजल  

सजिएर तिमी श्रृगारमा आउनु,

मूल्यवान् भएर बजारमा आउनु।

 

अस्तित्वहीन मलाई किन्न तिमी,

मूल्यहीन अभियान मझधारमा आउनु।

 

तिमी मर्दैनौ शरीर मर्छ सत्य कुरा,

छाडेर मुलघाट किनारमा आउनु।

 

ताक्दिनँ पछ्यौरी बिनास्वीकृति,

क्लियोपेट्रा हैन शशि दर्बारमा आउनु।

 

सम्हाल्छु, अँगाल्छु, छातीमै टाल्छु,

मलाई अबेर होला हतारमा आउनु।

प्रकाशित: २९ माघ २०७८ ०७:४२ शनिबार

अक्षर