कला

कलकल बग्छ दिलमा पिरतीको खोली

गीत

सरस्वती श्रेष्ठ सरू

त्यो दिलको उद्यानमा फूलभै सर्न बाँकी,

म हूँ गीत एउटा संगीत भर्न बाँकी।

 

उचालेर घुम्टो कहिले गाउँछौं सरगम्,

ढुकढुकीमा तिम्रो नाच्ने मन छ छमछम्।

सप्तरंगी इन्द्रेनीको रंग छर्न बाँकी,

म हूँ गीत एउटा संगीत भर्न बाँकी।

 

कलकल बग्छ दिलमा पिरतीको खोली,  

मिसाई आठौं रंग खेलौं सँगै होली।

टेकें दैलो मनको खोली तर्न बाँकी,  

म हूँ गीत एउटा संगीत भर्न बाँकी।

प्रकाशित: २९ माघ २०७८ ०६:५४ शनिबार

अक्षर