कला

याद आउँछ धेरैधेरै

गीत

वसन्त वित्यासी थापा

म बन्द छु

तिमी पनि बन्द,

यो कस्तो परिबन्द,

याद आउँछ धेरैधेरै,

तिमीसँगको प्रेम सुगन्ध।

मीठो पल,

चोखो माया थिएन कुनै छल,

केवल तिम्रै थियो साथ अनि आश।

तिमी अर्को मुलुकमा, यो कस्तो परिबन्द,

याद आउँछ धेरैधेरै, तिमीसँगको प्रेम सुगन्ध।

सङ्लो दिल,

सुन्दर आँखा थिएन कुनै खिल,

केवल तिम्रै थियो भर अनि डर।

तिमी अर्को बस्तीमा, यो कस्तो परिबन्द,

याद आउँछ धेरैधेरै, तिमीसँगको प्रेम सुगन्ध।

प्रकाशित: २३ माघ २०७८ ०४:५७ आइतबार

अक्षर