कला

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ। बौद्धस्थित हायत रिजेन्सी होटलमासेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई र्‍याम्पमा प्रस्तुत गरेका थिए।

आइसी कलेज र नेक्स्ट मोडल्स नेपालको संयुक्त रुपमा गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता काकीले र्‍याम्प वाक् गरेका थिए। ‘आइसी डिजाइनर रनवे १०’ मा २८ महिला र ८ पुरुष मोडल गरेर ३६ मोडलले ७३ जना डिजाइनरका पहिरनलाई र्‍याम्पमा प्रस्तुत गरेका थिए।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शोमा नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निसा अधिकारी, क्रिकेटर शरद भेस्वाकरलगायतका विशिष्ट ब्यक्तिहरु सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ पुस २०७८ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App