कला

शिक्षा

कविता

रोजिना श्रेष्ठ

शिक्षाबिनाको मानिस त पशुतुल्य हुन्छ,

शिक्षित विद्वान मानिस त संसारमै पुज्य हुन्छ।

तरबारभन्दा कलम बलियो त्यसै भा’को हैन,

दुनियाँमा शिक्षाभन्दा ठूलो अरू केही छैन।

राष्ट्रपति बन्ने थिइनन् नपा’की भए शिक्षा,

शिक्षित नारी भएर नै बन्न सकिन् राष्ट्रपति विद्या।

शिक्षाबाटै नै ज्ञानको ज्योति छर्न सक्नुपर्छ,

भविष्यको निर्माण आफैं गर्न सक्नुपर्छ।

     –रावाबेंसी–६, हौंचुर, खोटाङ।

प्रकाशित: ९ पुस २०७८ ०६:३४ शुक्रबार

अक्षर