कला

हिउँफूलको गाउँबाट सार्वजनिक

कवि केशवप्रसाद पौडेलको कविता संग्रह ‘हिउँफूलको गाउँबाट’ हालै सार्वजनिक भएको छ।

प्राज्ञ  श्रवण मुकारुङ, कवि विप्लव प्रतिक, उपन्यासकार राजन मुकारुङले  सामूहिक रूपमा कविता संग्रह ‘हिउँफूलको गाउँबाट’ सार्वजनिक गरिएको हो।

प्राज्ञ श्रवण मुकारुङले कवितामा आञ्चलिकता र विविधता  भएको उल्लेख गर्दै कवि पौडेलको कविता यात्राको शुभकामना दिएका थिए। उपन्यासकार राजन मुकारुङले कविता यात्रा अत्यन्तै कठिन यात्रा भएको  र   कविले कविता लेख्दा निकै साधना गर्नुपर्ने बताए। उनले संग्रहका कविता निकै  ओजिलो  रहेका बताए।

पल्लव प्रकाशन प्रालिले प्रकाशन गरेको संग्रहको मूल्य २०० रुपैया रहेको छ।  

प्रकाशित: ९ कार्तिक २०७८ ०५:४५ मंगलबार

अक्षर