रविन्द्र दिखुक्पा
लेखेर कथा सकिन्न व्यथा कहर उस्तै छ,
कपाल फुल्यो शरीर सुक्यो रहर उस्तै छ।
मनमा फुल्यो प्रीतिको फूल छरेर सुवास,
काँचुली फेरयो युगले आज बहर उस्तै छ।
अनिदो रात मायाको हात लाएर तकिया,
रातकी रानी, नशिली नानी जहर उस्तै छ।
पत्थर फोडी पर्खाल हाली पहाड भीरको,
मनको फाँट, काटेको कुलो नहर उस्तै छ।
आँखामा आँखा राखेर पनि नपुग्ने ऊ दिन,
जवानी बोकी हिँडेको याद शहर उस्तै छ।
प्रकाशित: १५ आश्विन २०७८ ०६:५५ शुक्रबार